बुन्डेसलिगामा डर्टमुन्ड विजयी

बुन्डेसलिगामा डर्टमुन्ड विजयी

केन्द्रबिन्दु
0
Shares

जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले आरबी लाइप्जिगलाई ३–१ ले पराजित गरेको छ ।

पहिलो हाफ बिना गोल बरामबरीमा सकिएकाे थियो । दाेस्राे हाफकाे ५५औं मिनेटमा सान्चोले गोल गर्दै डर्टमुन्डलाई अग्रता दिलाए । ७१औं मिनेटमा सान्चोको पासमा हालान्डले गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे ।

८४औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुन्डलाई जिततर्फ अघि बढाए । ९०औं मिनेटमा एलेक्सान्डर सोर्लाेथले सान्तवना गोल गरे  ।

जितसँगै डर्टमुन्ड २८ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।

Logo