मदन भण्डारी स्मृती रन रेश अर्को हप्ता

मदन भण्डारी स्मृती रन रेश अर्को हप्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
रन क्लब नेपालको आयोजनामा “दोश्रो मदन भण्डारी स्मृती ठमेल रोड रेश च्याम्पियनसिप २०२०” अर्को हप्ता हुने भएको छ ।

रन क्लब नेपाल र मदन भण्डारी स्पोर्टस् एकेडेमीको संयुक्त आयोजनामा फागुन २४ गते शनिबार हुने रोड रेश नेपाल भ्रमण बर्ष २०२० लाई मध्य नजर राख्दै बिदेशी पर्यटकलाई नेपाल भ्रमणमा आकर्षण गर्दै आर्थिक प्रवर्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

करिव १५ सय स्वदेशी खेलाडीहरुको सहभागिता रहने रेशमा म्याराथुन मार्फत नेपालका पहिलो पदक दिलाउन सफल अन्तराष्ट्रिय धावक जितबहादुर के.सी. र दक्षिण एशियाली खेलकुदमा म्याराथुनमा तीन स्वर्णसहित किर्तिमान कायम राख्न सफल ओलम्पियन बैकुण्ठ मानन्धरको समेत सहभागिता रहने आयोजक संस्था रन क्लब नेपालका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी गराए ।

लैनचौरस्थित फुटबल मैदानबाट बिहान ७ बजे सुरु हुने रेशमा महिला/पुरुष खुला ५ कि.मि., स्कुल स्तरिय ५ कि.मि., भेट्रान्स ५ कि.मि. दौड समावेश गरिएको छ । राष्ट्रिय खेलकुद परिषद, नेपाल एथलेटिक्स संघ र काठमाडौ जिल्ला खेलकुद विकास समितिको मान्यता प्राप्त रेशमा एथलेटिक्स संघको प्राविधिक सहयोग हुने संघका अध्यक्ष राजीव शाहले जानकारी गराए ।

रेशमा खुला तर्फ शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले नगद २५ हजार, १२ हजार र ८ हजारका साथै प्रमाणपत्र प्रदान गरिने छ । यस्तै स्कुलस्तरको रेशका बिजयी शीर्ष तीनले नगद १५ हजार, ८ हजार र ५ हजार तथा भेट्रान्स तर्फका खेलाडीहरुले नगद १०, ५ र ३ हजारसहित प्रमाण पत्र प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

रेश लैनचौर फुटबल मैदानबाट सुरु भई दुग्ध डेरी, लैनचौर ब्याङ्गक्वेट, राजदरबार उत्तरढोका, नागपोखरी, जय नेपाल, नारायणहिटी संग्रहालय, महेन्द्र शालिक, रत्नपार्क, दरबार हाईस्कुल, कान्तिपथ, केशरमहल, संचयकोष भवन, नरसिंह चोक, भगवती मन्दिर, ठमेलचोक, अस्कल क्याम्पस हुँदै फुटबल मैदानमा पुगेर समापन हुनेछ ।

Skip This
Skip This
Logo