विश्व चर्चित टेनिस खेलाडी मारिया सारापोभाले सक्रिय खेल जीवनबाट सन्यास लिएकी छिन् । पाँच पटककी ग्राण्डस्लाम विजेता सारापोभाले खेलाडी जिवनबाट सन्यास लिएकी हुन् ।
सन् २००४ मा १७ वर्षको उमेरमै विम्वलडन ओपन ग्राण्ड्सलाम जितेकी सारापोभाले २०१२ मा फ्रेन्च ओपन जित्दै चारवटै वटा ग्राण्डसलाम जितेर करियर ग्राण्डसलाम पूरा गरेकी थिइन् । त्यसपछि उनले २०१४ मा फेरि विम्वलडन जितिन् ।
उनी सन् २००५ मा पहिलो पटक विश्व नम्बर एक वरीयतामा पुगेकी थिइन् । २०१७ मा टेनिसमा फर्केपछि उनले तियनजिन ओपनको उपाधि जितेकी थिइन् । यो उनको करियरको ३६औं उपाधि थियो ।





























प्रतिक्रिया