काठमाडौं । नेपाल उमा कुङफु संघले शिवप्रसाद अधिकारीको अध्यक्षतामा बागमती प्रदेश उमा कुङफु संघ गठन गरेको छ ।
नवगठित संघको उपाध्यक्षत्रयमा हरिकुमार घले, जनककुमार कार्की र सुजन कक्षपति, महासचिवमा बसन्ती महर्जन, सचिवमा अनिल रिजाल र कोषाध्यक्षमा राजकिशोर श्रेष्ठ रहेका छन् । गोपाल थापा, आइतराम तामाङ, सानुराज महर्जन र इन्द्र श्रेष्ठ सदस्यमा चयन भए ।
नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय उमा कुङफु महासंघअन्तर्गत नेपालका महासचिव सन्जितकुमार राईलगायतका पदाधिकारीहरूको उपस्थितिमा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय बागमती प्रदेश संघ गठन गरेको हो ।
त्यस्तै पूर्व राज्यमन्त्री पर्शुराम तामाङलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको नेपाल उमा कुङफु संघले जनाएको छ ।





























प्रतिक्रिया