ज्ञान निकेतन क्वाटरफाइनलमा

ज्ञान निकेतन क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ज्ञान निकेतन आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा ज्ञान निकेतनसँगै एलआरआई र न्यु जेनिथ पनि क्वाटरफाइनल स्थान सुरक्षित गर्न सफल भए । विजयी तीनै टोलीले मोफसलका टिमलाई पन्छाए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा ज्ञान निकेतनले रुपन्देहीलाई १०१–५६ ले पराजित ग¥यो । ज्ञान निकेतनको जितमा सम्राट भुमिले २५ अंक योगदान गरे । सिंह मगरको १७ अंक सहयोगमा एलआरआईले दाङलाई ८५–४६ ले हरायो । न्यु जेनिथले रामेछापमाथि ८५–५२ को जित दर्ता ग¥यो । न्यु जेनिथका सिजन महतले २६ स्कोर गरे ।

आइतबारको खेल समाप्तिसँगै क्वाटरफाइनल समीकरण पनि तयार भएको छ । क्वाटरफाइनलमा न्यु जेनिथले एलआरआई, ज्ञान निकेतनले ह्वाइटहाउस, समृद्धिले रोमछाप र टाइम्सले जेभियर इन्टरनेसनल विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

Skip This
Skip This
Logo