काठमाडौं।
आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अहिले कीर्तिपुरमा नेपाल र अमेरिकाको खेलमा नेपालले अमेरिकाको ९ विकेट लिएको छ ।
नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । ब्याटिङ गरिरहेको अमेरिकाले ११.३ ओभरको खेल सकिंदा ९ विकेट गुमाएर जम्मा ३५ रन मात्र बनाएको छ ।
नेपालका लागि सन्दीप लामिछानेले ५ तथा सुशन भारीले ४ विकेट लिएका छन् । लामिछानेले एकै ओभरमा २ विकेट लिएका छन् ।
नेपाल आजको खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । आजको खेलमा नेपालले राम्रो प्रर्दशन गरेको छ ।





























प्रतिक्रिया