आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल र ओमानवीचको खेल जारी

आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल र ओमानवीचको खेल जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आज नेपाल र ओमानवीच प्रतिस्पर्धा भइरहेको छ । ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरिरहेको नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ ।

अभिनास बोहोराको स्थानमा कमलसिंह ऐरीले टोलीमा स्थान पाएका छन् । कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी खेलमा १२.२ ओभरमा विना विकेटको क्षतीमा नेपालले ३३ रन बनाएको छ ।  खेल जारी छ ।

ओमानसँग यस अघि पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो । शनिबार अमेरिकासँग भने नेपालले ३५ रनको जित हासिल गरेको थियो । ओमानले यसअघि खेलेका २ वटै खेल जितिसकेको छ ।

Logo