काठमाडौं ।
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई वटा खेल हुदैछन् । पहिलो खेलमा संकटा र थ्री स्टारवीच खेल हुनेछ ।
थ्री स्टार १७ अंक सहित चौथो र संकटा १५ अंकसहित लिगको पाँचौ स्थानमा छ । पहिलो खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान साढे ११ बजे शुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा पुलिस र ब्रिगेड भिड्ने छन् । यो खेल ३ बजेपछि हुनेछ । पुलिस १४ अंकसहित आठौं र ब्रिगेड ८ अंक सहित ११ औं स्थानमा छ ।































प्रतिक्रिया