साग विजेतालाई भक्तपुरमा सम्मान

साग विजेतालाई भक्तपुरमा सम्मान

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।
जिल्ला समन्वय समिति भक्तपुरले नेपालमा मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना भएको दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा भक्तपुरबाट स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा सांसद महेश बस्नेतले खेलाडीलाई नगद पुरस्कारसहित ताम्रपत्र प्रदान गरेर सम्मान गरेका हुन् । सागमा कराँते तर्फ दुई स्वर्ण ल्याउने मण्डेकाजी श्रेष्ठलाई ३० हजार, उसुमा एक स्वर्ण ल्याउने सुस्मिता तामाङ र तेक्वाण्डोमा एक स्वर्ण ल्याउने काजल श्रेष्ठलाई जनही २५ हजारका दरले पुरस्कार प्रदान गरिएको हो ।

त्यसैगरी टेबुलटेनिस तर्फ एक रजत ल्याउने शिवसुन्दर गोथे, कबड्डी तर्फ एक रजत ल्याउने यशोदा गिरी, ह्याण्डबलतर्फ एक रजत ल्याउने देवकुमारी बाँस्कोटालाई जनही २० हजारका दरले नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

त्यस्तै जुडोतर्फ एक कास्य ल्याउने श्रीराम माकजू, भारोत्तोलनमा एक कास्य ल्याउने लक्ष्मी वन, बाँस्केट बलमा कास्य विजेता बिक्रम जोशीलाई जनही नगद १५ हजारका दरले पुरस्कारसहित सम्मान गरिएको हो । खेलाडी कान्छीमाया कोजूलाई १० हजारसहित सम्मान गरियो ।

कार्यक्रममा वाग्मती प्रदेशले हालै नियुक्त गरेको जिल्ला खेलकूद विकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछ्वा, सदस्यमा शैलेन्द्र श्रेष्ठ, सरोज थापा, आयुष्का थापामगर र केशरी प्रजापतिलाई पनि सम्मान गरियो । त्यस अवसरमा नेपाल उद्योग वाणिज्य सङ्घ भक्तपुरका नवनिर्वाचित अध्यक्ष प्रदीप श्रेष्ठसहित पदाधिकारी र सदस्यलाई सम्मान गरिएको छ । रासस

Skip This
Skip This
Logo