प्याराग्लाइडिङ विश्वकप पोखरामा हुने

प्याराग्लाइडिङ विश्वकप पोखरामा हुने

केन्द्रबिन्दु
0
Shares

पोखरा ।

प्याराग्लाइडिङ विश्वकप एशियन भ्रमण तथा १९ औं नेपाल खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको हो ।

नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा यो प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा नेपालसहित अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, रसिया, बेल्जियम, युक्रेन, चीन, जापान, भारत, कोरिया, इरान, भियतनाम, इन्डोनेसिया र काजकिस्तान लगायत ३० राष्ट्रका १ सय २५ पाइलटले सहभागी जनाउनेछन् । पाइलटहरुले सराङकोटबाट उडान भरेर लेकसाईडस्थित खपौंदीमा अवतरण गर्नेछन् ।

समग्र प्रतियोगितामा पहिलो स्थान देखि दशौं स्थानसम्मकालाई पुरस्कृत गरिनेछ । त्यस्तै महिला प्रतियोगितामा पहिलो स्थानदेखि पाँचौं स्थानसम्म रहनेलाई पुरस्कृत गरिनेछ ।

खेलाडी दर्ता गर्ने अन्तिम मितिसम्म ३० देशका १ सय २५ पाइलट सहभागी हुने निश्चित भएको छ । प्रतियोगितामा नेपालका १२ खेलाडी सहभागी हुँदैछन् । एशियन भ्रमणबाट छनोट भएका खेलाडी ‘पोइन्ट’ र ‘र्‍याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङ वल्र्ड कपको सुपर फाइनलमा प्रवेश पाउने छन् ।

Skip This
Skip This
Logo