बार्सिलोना ।
आन्सु फातीले दुई मिनेट भित्र दुई गोल गरेपछि बार्सिलोना ला लिगामा २–१ ले विजयी भएको छ । गएराति भएको स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा १७ वर्षिय खेलाडी आन्सु फातीले खेलको ३० र ३१ औं मिनेटमा लगातार लेभान्टेविरुद्ध गोल गरेका हुन् ।
दुवै गोलका लागि कप्तान लिओनल मेस्सीले फातीलाई सहयोग गरेका थिए । त्यसैगरी यस खेलमा लेभान्टेले अतिरिक्त समयको दोश्रो मिनेटमा एक गोल फर्काएको थियो । लेभान्टेका लागी रुबेन रोचिनाले गोल गरेका थिए ।
जितपछि बार्सिलोनाले शीर्षस्थानको रियल मड्रिडसँग अंकदूरी छोट्याएको छ । बार्सिलोनाले २२ खेलबाट ४६ अंक जोडेको छ । समान खेलबाट ४९ अंक जोडेको रियल मड्रिड शीर्षस्थानमा छ ।































प्रतिक्रिया