शहीद स्मारक लिगः जितका साथ थ्री स्टार तेस्रो स्थानमा

शहीद स्मारक लिगः जितका साथ थ्री स्टार तेस्रो स्थानमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हिमालयन शेर्पा क्लबलाई हराउँदै थ्री स्टार क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रङ्गशालमा विहिबार भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पालाई ३–१ गोलले हराएको हो ।

जितका साथ थ्री स्टारको १४ अङ्क भएको छ । थ्री स्टारका लागि सुशील राई, सञ्जोग राई र विदेशी खेलाडी वासीयु ओलादिरानले गोल गरेका थिए भने हिमालयनका लागि स्टेफेन समिरले सान्त्वना गोल गरेका थिए । खेलको छैठौं मिनेटमा थ्री स्टारका सुशील राईले गोल गरे ।

यस्तै खेलको ४४ औँ मिनेटमा हिमालयन शेर्पाका स्टेफेन समीरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पु¥याए । थ्री स्टारका सञ्जोक राईले खेलको ४५ औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई २–१ गोलको अग्रता दिलाए ।

दोस्रो हाफमा पनि थ्री स्टारले हिमालयन शेर्पालाई दबाबमा राख्यो । खेलको ५० औँ मिनेटमा वासीयु ओलादिरानले थ्री स्टारका लागि तेस्रो गोल गरे । त्यसपछिको समयमा भने उसले गोल गर्न सकेन । थ्री स्टार आठ खेलमा चार जित, दुईमा बराबरी तथा दुई खेलमा हारका साथ तेस्रो स्थानमा रहन सफल भएको छ ।

यस्तै हिमालयन शेर्पा आठ खेलमा एकमा जित, चारमा हार तथा तीन खेलमा बराबरी खेल्दै सात अङ्कका साथ लिगको ११ औँ स्थानमा छ ।
रासस

Skip This
Skip This
Logo