छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न (भिडियोसहित)

छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता (नेसनल इक्वेष्टेरियन च्यापियनसिप) काठमाडौं टुँडिखेलमा आज सम्पन्न भएको छ । तीन विधामा सम्पन्न यस प्रतियोगितामा टेन पेकिङ, शोजम्प र हाइजम्प रहेका थिए ।

हाइजम्प तर्फ खिलध्वज खड्का (गणेश), रामबहादुर दाहाल (सम्मोहन) र सविन कुमार पाखेरेल (आकांक्षा) क्रमश: पहिलो, दोस्रो र तेस्रो भएका थिए । त्यसैगरी शोजम्प तर्फ योगबहादुर बस्नेत (देवकी), लालबहादुर कुँवर (लमजुङ) र रामबहादुर दाहाल (सम्मोहन) क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए । प्रतियोगिताको अर्को विधा टेन पेकिङमा रुद्रबहादुर कार्की, गोविन्दबहादुर खड्का र लक्ष्मण रावल क्रमश: पहिलो, दोस्रो र तेस्रो भएका थिए । प्रदर्शन खेल अन्र्तगत महिला राइडरहरुलाई प्रोत्साहन वापत जनही पाँच हजार प्रदान गरिएको थियो । यसरी पुरस्कृत हुनेमा हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ रहेका थिए ।

यस प्रतियोगितामा २६ राइडरको सहभागिता रहेको थियो । सवै विधामा प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई जनही २० हजार, १५ हजार र १० हजार पुरस्कार स्वरुप प्रदान गरियो । यस प्रतियोगितालाई नेपाली सेना, राष्ट्रिय खेलकुद परिषद र भ्रमण बर्ष २०२० को उच्चस्तरको सहयोग रहेको थियो । त्यसैगरी कतार एयरवेज, लिओन मोटर्श, टिभिएस मोटर्श लगायतको प्रायोजन रहेको थियो । एपीवान टेलिभिजन र रिपब्लिकन मिडिया प्रतियोगिताको मिडिया पार्टनर हुन् । कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा रहेका थिए ।

आयोजक संस्था घोडचढी संघका अध्यक्ष रवी राजकर्णिकारले कार्यक्रममा उपस्थितलाई स्वागत गरेका थिए । भिडियो:

Skip This
Skip This
Logo