काठमाडौं ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा अन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ ।
दशरथ रङ्गशालामा भएको पहिलो खेलमा थ्रीस्टार ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । थ्रीस्टारको जीतमा सुशान्त श्रेष्ठ, अनन्त तामाङ र विदेशी खेलाडी वासिउ ओलादिरान हाजमातले एक एक गोल गरेका थिए ।





























प्रतिक्रिया