काठमाडौँ ।
चितवनमा निर्माण हुँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा विभिन्न समुहबाट श्रमदान भइरहेको छ । यसैक्रममा शनिबार न्यानो स्पर्श फाउन्डेशन, युथ फर सोसियल च्यान्ज, रामपुर नेटवर्क र नेपाल पुलिससहित सयौँको संख्यामा त्यहाँ पुगेका युवायुवतीले श्रमदान गरेका छन्।
धुर्मुस सुन्तली फाउन्डेशन मार्फत निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण जस्तो पवित्र कार्यमा श्रमदान गर्न पाउँदा छुट्टै उर्जा मिलेको न्यानो स्पर्श फाउन्डेशनका सक्रिय सदस्य सृजना केसीले बताइन् । आगामी दिनमा पनि यस अभियानमा संस्थाको सहयोग र साथ रहने उनले जानकारी दिइन् ।
न्यानो स्पर्शले धुर्मुस सुन्तली फाउन्डेशनका अघिल्ला परियोजनामा पनि सहयोग गरेको थियो । शनिबार सहयोग गर्नु हुने सबैलाई परियोजनाका अध्यक्ष कलाकार सिताराम कट्टेल (धुर्मुस) ले धन्यवाद ज्ञापन गरेका थिए ।





























प्रतिक्रिया