काठमाडौं ।
सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत च्यासल युथ क्लबले सङ्कटालाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको लिगको दोस्रो खेलमा च्यासलले सङकटालाई २–० गोलले हराएको हो ।
च्यासलका लागि कप्तान सन्तोष साहुखलले दुई गोल गरेका थिए । उनले पहिलो हाफको ४१ औँ मिनेटमा पहिलो गोल गरेका थिए । दोस्रो हाफको ८४ औँ मिनेटमा सन्तोषले नै दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी गराएका थिए । उनी खेलको म्यान अफ दी म्याच भए । जितसँगै च्यासलले तीन अङक जोडेको छ ।
लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथोले १५ लाख, पाँचौले सात लाख र छैटौं हुनेले पाँच लाख पुरस्कार प्राप्त गर्नेछ । हरेक खेलको विजेताले ५० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ । यस्तै प्रतियोगिताका उत्कृष्ट पाँच स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर, गोलकीपर र प्रशिक्षकले जनही एक लाख ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार तथा प्रतियोगिताको फेयर प्ले टिमले एक लाख पुरस्कार पाउनेछ ।
थ्री स्टारलाई एडिडासको साथ
ए डिभिजन लिग क्लब थ्री स्टारलाई एडिडासले प्रायोजन गर्ने भएको छ । एडिडासले थ्री स्टार क्लबलाई खेल सामग्री उपलब्ध गराउने छ । थ्री स्टारले आज एडिडासको नेपालस्थित आधिकारिक बिक्रेता रुड्स फेसनसँग सह प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो । उक्त सम्झौतापत्रमा क्लबका अध्यक्ष अरुणमान जोशी र रुड्सका प्रबन्ध निर्देशक सञ्जिव तुलाधरले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार अब एडिडासले थ्री स्टारलाई वार्षिक २५ लाख बराबरको खेल सामग्री उपलब्ध गराउनेछ । यसअघि मुख्य प्रायोजकका रुपमा रुस्लानले थ्री स्टारसँग सम्झौता गरिसकेको छ ।
ए डिभिजन लिगमा आर्मी विजयी





























प्रतिक्रिया