चार फुटबल खेलाडीलाई जनही ५० हजार जरिवानासहित कारवाही

चार फुटबल खेलाडीलाई जनही ५० हजार जरिवानासहित कारवाही

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले चार खेलाडीलाई कारवाही गरेको छ । एन्फाले विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई कारवाही गरेको हो । उनीहरुलाई जनही ५० हजारसमेत जरिवाना गरिएको छ ।

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने तयारीमा रहेको अवस्थामा ठमेलको लाउन्ज बार गएका चारै खेलाडीलाई कारवाही गरिएको हो । एन्फाले त्यतिबेलै चारै खेलाडीलाई निलम्बन गरेको थियो ।

एन्फाको अनुशासन समितिले विमल र दिनेशमाथि ९० दिनको तथा अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको छ । चारै खेलाडीले एन्फाले आयोजना गरेको कुनै पनि प्रतियोगिता खेल्न नपाउने महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । चारै खेलाडीले कुवेतसँगको खेलका साथै १३ औँ दक्षिण एशियाली खेलकूद (साग) समेत गुमाउनु परेको थियो ।

Logo