काठमाडौं । दशरथ रंगशालामा भएकाे मैत्रीपूर्ण खेलमा जापान फुटबल लिगको यू-२२ टोलीले नेपाल निलोलाई ४-० ले पराजित गरेकाे छ ।
नेपालमा फुटबल लिगको टोलीबीचको मैत्रीपूर्ण खेल खेल्न जापानको यू-२२ को टोली काठमाडौं आएको हाे । हाल राष्ट्रिय टोलीमा नरहेका खेलाडी समेटेर बनाइएको नेपाल निलो टोलीको कप्तानी भोला सिलवालले गरेका थिए । आज भएको खेलको पहिलो हाफमा १ गोलको अग्रता लिएको जापानले दोस्रो हाफमा ३ गोल थपेको थियो । मासाहिको सुगिताको गोलमा जापानले अग्रता लिएको थियो । ४९ औं मिनेटमा उनैले अग्रता दोब्बर पारे । सतोशी सुनोमाताले गोल गर्दै जापानी टोलीको अग्रता फराकिलो पारे । तोशिकी सासाकीले ७४ औं मिनेटमा गोल गर्दै ४-० जित पक्का गरेका थिए ।
जापानी टोलीले शनिवार दोस्रो मैत्रीपूर्ण खेल गत वर्षको लिग च्याम्पियन मनाङसँग खेल्ने तालिका रहेको छ ।































प्रतिक्रिया