गौरिकाले ६५ लाख पाउने !

गौरिकाले ६५ लाख पाउने !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २५ ।

प्रधानमन्त्री केपी ओलीले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेसँगै सागमा नेपालका लागि  चार स्वर्णसहित सर्वाधिक  पदक जित्ने गौरिका सिंहले सबैभन्दा बढी पुरस्कार पाउने भएकी छन् ।  १३ औं सागमा गाैरिकाले ४ स्वर्ण, २ रजत र २ काश्य गरी ८ पदक जितेकी छन् ।

बुधबार बालुवाटारमा प्रधानमन्त्रीले गरेको घोषणामा सागमा दुई वा दुईभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख पुरस्कार दिने घोषणा गरे । प्रधानमन्त्रीकाे घोषणा अनुसार गौरिकाले स्वर्णबाट मात्र ४४ लाख पाउनेछिन् भने प्रति रजत ६ लाखका दरले  २ रजतबाट  १२ लाख र प्रति काश्य ३ लाखका दरले ३ काश्यबाट ९ लाख गरी ६५ लाख पाउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केन्द्रविन्दुलाई  बताए ।

 

Skip This
Skip This
Logo