४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा ( पदक तालिका )

४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा ( पदक तालिका )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २३ ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान कायमै राखेको छ ।

आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४ सय मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।

साग पदक तालिका

देश        स्वर्ण     रजत    कास्य    जम्मा
भारत      १३१       ७७      ४०      २४८
नेपाल      ४५        ४४      ७५      १६४
श्रीलङ्का    ३४        ६६      ९३       १९३
पाकिस्तान  २८      ३४       ४३      १०५
बङ्गलादेश   ८        २८       ६६     १०२
माल्दिभ्स    १          ०         २        ३
भूटान         ०         ०         ९        ९

Skip This
Skip This
Logo