काठमाडौं, २०७६ मंसिर २२ । नेापलमा जारी १३ औं साग खेलकुदमा नेपाली खेलाडी गौरिका सिंहले एकै संस्करणमा तीन स्वर्ण जित्दै इतिहास रचेकी छन् ।
आइतवार गौरिकाले साग पौडीमा अर्को स्वर्ण जितेकी हुन् । उनले चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरा गरिन् ।
उनले यसअघि दुई सय मिटर फ्रिस्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी छिन् ।
त्यस्तै १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालकी देविका खड्काले जुडोमा स्वर्ण जितेकी छन् । ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले स्वर्ण जितेकी हुन् । उनले पहिलोमा श्रीलंकन र दोस्रोमा भारतीय खेलाडीलाई हराएकी थिइन् ।
यससँगै जारी सागमा नेपालको स्वर्ण संख्या ४५ पुगेको छ ।































प्रतिक्रिया