काठमाडौं, २०७६ मंशिर २१ ।
१३ औं सागको फुटबलमा अहिले नेपाल र माल्दिभ्सबीच जारी खेलमा माल्दिभ्सले अग्रता लिएको छ । माल्दिभ्सले एक गोल गरि नेपालविरुद्धको खेलमा अग्रता बनाएको हो ।
पहिलो हाफको खेल चल्दै गर्दा नेपालले गोल गर्ने अवसर गुमाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको आजको खेलमा माल्दिभ्सले राम्रो प्रर्दशन गरिरहेको छ ।
चार अंकसहित नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। नेपालले २ खेलमा ४ अंक जोडेको हो। नेपालले यस अघि पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा श्रीलंकासँग अतिरिक्त समयको गोलले १–१ को बराबरीमा रोकिएको थियो।





























प्रतिक्रिया