१३ औं साग : फुटबलमा अहिले नेपाल र माल्दिभ्सबीच खेल जारी

१३ औं साग : फुटबलमा अहिले नेपाल र माल्दिभ्सबीच खेल जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंशिर २१ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा अहिले नेपाल र माल्दिभ्सबीचको खेल शुरु भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल भइरहेको छ । माल्दिभ्सविरुद्ध जित निकाल्दै आज नेपाल फाइनलमा पुग्ने दाउमा छ । चार अंकसहित नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। नेपालले २ खेलमा ४ अंक जोडेको हो।

नेपालले यस अघि पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा श्रीलंकासँग अतिरिक्त समयको गोलले १–१ को बराबरीमा रोकिएको थियो।

Logo