छैटौँ पटक मेसीले जिते बोलोन डी’ओर

छैटौँ पटक मेसीले जिते बोलोन डी’ओर

केन्द्रबिन्दु
0
Shares

बार्सिलोना,

बार्सिलोनाका कप्तान अस्र्जेन्टिनी फुटबल स्टार तथा  बार्सिलोनाका कप्तान लियोनल मेसीले छैटौँ पटक बोलोन डी’ओर अवार्ड जितेका छन् ।  लिभरपुलका भर्जिल भान डिजेक पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेसीले उपाधि जितेका छन् । यसअघि मेसीले पछिल्लो पटक २०१५ मा यो अवार्ड जितेका थिए । छैटौं पटक यो उपाधि जितेर सबैभन्दा धेरै उपाधि जित्ने कीर्तिमान मेसीले बनाएका छन्।

फ्रान्स फुटबल म्यागजिनले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने अवार्ड  मेसीले पहिलो पटक २००९ मा पहिलो पटक जितेका थिए । त्यसपछि २०१०, २०११, २०१२ मा गरी लगातार चार पटक मेसीले यो उपाधि जिते ।  २०१५ मा मेसीले पाचौं पटक बोलोन डी’ओर जितेका थिए।

 

खेलाडी, प्रशिक्षक तथा खेल पत्रकारको मतका आधारमा प्रदान गरिने अवार्डमा  लिभरपुलका भर्जिल भान डिजेक दोस्रो, र युभेन्टसका क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा रहे।  रोनाल्डोले पाँच पटक यो उपाधि जितेका छन् ।

चौथो स्थानमा लिभरपुलका साडिओ माने, पाँचौँ स्थानमा लिभरपुलकै मोहम्मद सालह, छैटौँ स्थानमा पिएसजीका केलियन एमबाप्पे, सातौँ स्थानमा लिभरपुलका एलिसन, आठौँ स्थानमा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की, नवौँ स्थानमा बर्नार्डो सिल्भा र दशौँ स्थानमा म्यानचेस्टर सिटीका रियाद महरेज रहेका छन् । गत सिजन एन्टोनी ग्रिजम्यान र रोनाल्डोलाई पछि पार्दै रियल मड्रिडका लुका मोड्रिकले यो उपाधि जितेका थिए।

एजेन्सी

Skip This
Skip This
Logo