ब्याडमिन्टनमा नेपाललाई दुई पदक पक्का

ब्याडमिन्टनमा नेपाललाई दुई पदक पक्का

केन्द्रबिन्दु
0
Shares

पोखरा,

पोखरामा आइतबारदेखि सुरु भएको दक्षिण एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टनमा नेपालले दुईवटा पदक जित्ने निश्चित भएको छ।

ब्याडमिन्टनको पुरुष र महिला टिम प्रतिस्पर्धामा नेपाली खेलाडीले पदक पक्का गरेका हुन् । प्रतियोगिताको पहिलो दिन भएको खेलमा सफलता हात पार्दै नेपालको महिला र पुरुष दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनलमा पराजित भए पनि नेपालले कम्तीमा कांस्य पदक हात पार्नेछ।

पुरुषतर्फको खेलमा नेपालका रत्नजित तामाङले भुटानका अनिश गुरुङलाई २१–६, २१–९ को सोझो सेटमा हराए । अर्को खेलमा नेपालका दीपेश धामीले भुटानका निदुप दोर्जेलाई २–० को सोझो सेटमा पराजित गरे। दीपेशले निदुपलाई २१–१३, २१–१४ अंकले हराएका हुन्। पुरुषतर्फकै तेस्रो खेलमा नेपालका प्रिन्स दाहालले भुटानका नोर्बु ड्रडुपलाई २१–१२, २१–५ अंकले पराजित गरे।

यसैगरी महिलातर्फको खेलमा नेपालकी नङ्सल तामाङले बंगलादेशकी शाल्पा अख्तरलाई ३–१ को सेटमा पराजित गरिन्। नङ्सलले शाल्पालाई २१–१८, १५–२१, २१–१७ अंकले पराजित गरेकी हुन् । अर्को खेलमा नेपालकी रसिला महर्जनले बंगलादेशकै एलिना सुल्तानामाथि २८–२६, २१–१९ को प्रतिस्पर्धात्मक जित हासिल गरिन्।

Skip This
Skip This
Logo