प्रधानमन्त्रीले हेरे आइसीयूबाटै सागको प्रत्यक्ष प्रसारण

प्रधानमन्त्रीले हेरे आइसीयूबाटै सागको प्रत्यक्ष प्रसारण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भएको १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को उद्घाटन समारोह महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरको आइसीयूमा रहेर प्रत्यक्ष प्रसारण हेरेका छन् ।

खेलाडीहरूलाई निकै मन पराउने प्रधानमन्त्री ओलीले आइप्याडमा यहाँस्थित दशरथ रङ्गशालामा भएको सागको उद्घाटनको प्रत्यक्ष प्रसारण हेरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुक पेजमा सो कुरा उल्लेख गरेका छन् ।

Skip This
Skip This
Logo