पुरुष भलिबल : नेपाल समूह चरणबाटै बाहिरियो

पुरुष भलिबल : नेपाल समूह चरणबाटै बाहिरियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको शुक्रबार भएको अन्तिम खेलमा नेपाल भारतसँग ३–० ले पराजित भएको हो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा भारतले नेपाललाई शुरुआतदेखि नै दबाबमा राखेको थियो । भारतले पहिलो सेट २५–१५ अङ्कले, दोस्रो सेट २५–१३ ले तथा तेस्रो सेट २५–१६ अङ्कले जितेको हो । यस अघि नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ३–२ ले पराजित भएको थियो । भारत समूह ‘ए’को विजेता तथा बङ्गलादेश उपविजेता बन्दै सागको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

Skip This
Skip This
Logo