आईसीसी वरीयतामा नेपाली खेलाडीको स्थान कमजोर

आईसीसी वरीयतामा नेपाली खेलाडीको स्थान कमजोर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले पछिल्लो पटक सार्वजनिक गरेको टी २० वरीयतामा नेपालका २ जना खेलाडी मात्रै परेका छन् । आईसीसीको टप १०० को लिस्टमा सन्दीप लामिछाने र सोमपाल कामी मात्रै परेका हुन् । जसमा सन्दीपको वरीयता तल झरेको छ ।

सन्दीप ४१४ प्वाइन्टका साथ ७८ औं स्थानमा छन् । गएको महिना उनको वरीयता ६४ औं स्थान थियो । यस्तै सोमपाल कामी ३७५ रेटिङ प्वाइन्टका साथ ९५ औं स्थानमा रहेका छन् ।

यस अघि वरीयतामा रहेका करण केसी, अविनास बोहरा भने बाहिरिएका छन् । यस्तै टी २० को व्याटिङतर्फ पारस खड्का ४५२ रेटिङ प्वाइन्टका साथ ५५ औँ स्थानमा रहेका छन् । उनी गएको महिना ४५ औँ स्थानमा थिए ।

८० रेटिङ प्वाइन्टकासाथ पारस अलराउण्डर तर्फ ३३ औँ स्थानमा पुगेका छन् । उनी पछिल्लो महिना २४ औँ स्थानमा रहेका थिए ।

Skip This
Skip This
Logo