इमर्जिङ टिम्स कपमा नेपाल भारतसँग ७ विकेटले पराजित

इमर्जिङ टिम्स कपमा नेपाल भारतसँग ७ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

बंगलादेशमा बिहीबारबाट सुरु  एसिसी इमर्जिङ टिम्स कपमा नेपाल आफ्नो पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित  भएको छ ।

ढाकास्थित क्रिरा शिख्खा प्रोटिस्थान क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १९३ रन बनाएको थियो । जवाफी ब्याटिङ  गर्दै भारतले ४२ ओभरमा ३ विकेट गुमाउँदै नेपालले खडा गरेको १९४ रनको लक्ष्य पूरा गर्यो ।

भारतका सन्भिर सिंह र अरमान जाफरले अर्धशतक पूरा गरे । सन्वीर ५६ रनमा आउट हुँदा जाफरले ५१ रन बनाए । बेलुर रवि शरत भने मात्र १ रनले अर्धशतक बनाउन चुके ।

नेपालका कारण केसी, ललितनारायण राजवंशी र सुशन भारीले १/१ विकेट लिए ।

Logo