नेपालले आज पहिलो पटक अस्ट्रेलियाको सामना गर्दै

नेपालले आज पहिलो पटक अस्ट्रेलियाको सामना गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको प्रतियोगितामा नेपालले आज अस्ट्रेलियाको सामना गर्दैछ । समूह चरणको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्न लागेको हो। अस्ट्रेलियाको क्यानबेरामा हुने खेल नेपाललले जित्नैपर्ने हुन्छ ।

पहिलो खेलमा कुवेतसँग ७-० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० गोलले हराएको थियो। प्रतियोगिता होम एन्ड अवे आधारमा हुनेछ। समूहका शीर्ष दुई टोली तेस्रो चरणमा पुग्नेछन्। अहिले नेपाल अंक तालिकाको चौंथा र अस्ट्रेलिया दोस्रो नम्बरमा छन् ।

अस्ट्रेलिया र नेपाल अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । दक्षिण एसियाली फुटबलमै संघर्ष गरिरहेको नेपाललाई अस्ट्रेलियासँगको खेल अपेक्षाभन्दा पनि अनुभव हात पार्ने अवसर हुनेछ।

नेपालले गत सेप्टेम्बरमा चाइनिज ताइपेईलाई उसकै मैदानमा हराएर करिब एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पहिलो जित हात पारेको थियो । यता नेपाललाई फराकिलो अन्तरले हराएको कुवेतलाई ३-० गोलले हराएर अस्ट्रेलियाले छनोट प्रतियगितामा सुखद् सुरुवात गरेको छ। त्यसअघिका दुई खेलमा यूएई र दक्षिण कोरियासँग पराजित भएको थियो ।

सन् २०१४ को विश्वकपको एसियाली छनोटमा नेपालले एसियाका बलिया टोलीहरुमा गणना हुने जोर्डनसँग दोस्रो चरणमा प्रतिस्पर्धा गरेको थियो। जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९-० गोलले पराजित भएको थियो। पछि नेपालको मैदानमा भएको खेल भने बराबरीमा सकिएको थियो।

Skip This
Skip This
Logo