काठमाडौं,
कप्तान पारस खड्काको शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ ।
शनिबार भएको त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु टोली सिंंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले ४ ओभर बाँकी छदै पूरा गरेको थियो । आक्रामक पारी खेलेका पारसले ९ छक्का र ७ चौका प्रहार गरे । कप्तान खड्का ५२ बलमा १०६ रनमा नट आउट रहे । आरिफ शेखले ३८ बलमा नट आउट ३९ रन बनाए ।
खेलमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली सिंंगापुरले २० ओभरमा तीन विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो । यस अघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया