नेपाल इन्भेस्टमेन्ट बैंक र नेपाल रेडक्रसबीच सम्झौता

नेपाल इन्भेस्टमेन्ट बैंक र नेपाल रेडक्रसबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) र नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) बीच बैंकको जारी गठित सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रबद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सो सहमतिपत्रमा हस्ताक्षर गर्नुका साथै बैंकका प्रतिनिधिहरूद्वारा नेपाल रेडक्रस व्यवस्थापनलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

रक्तदान संकलन, सचेतना तथा स्वस्थ्य जीवनलाई सुधार तथा प्रबद्र्धनका लागि आवश्यक ज्ञान अभिवृद्धि गर्ने शिक्षामूलक प्रेरणादायी कार्यक्रमहरू सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले नेपाल रेडक्रसलाई यो आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।

Logo