एंगोला अफ्रिका कपको क्वाटरफाइनलमा

एंगोला अफ्रिका कपको क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। एंगोला अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति नामेवियालाई ३–० गोल अन्तरले पराजित गर्दै एंगोलाले अन्तिम ८ मा स्थान पक्का गरेको हो।

एंगोलाको जीतमा जियलसन डालाले २ गोल गर्दा माबुलुलोले एक गोल थपेका थिए। खेलको १७ औँ मिनेटमा एंगोलाका गोल किपर एडिलसन क्रुज रातो कार्ड पाउँदै मैदान छाडेपछि दबाबमा आएको थियो। तर, ३८ औँ मिनेटमा जियलसनले फ्रेडीको पासमा गोल गर्दै एंगोलालाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा २ गोल गरेको एंगोलाले दोस्रो हाफमा १ गोल थपेको थियो। ६६ औँ मिनेटमा माबुलुलोले जियलसनको पासमा गोल गर्दै ३–० ले अघि बढाए। त्यसपछि थप गोल नभएपछि एंगोलाले ३–० को सहज जित निकाल्दै अफ्रिका कपको अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो।

नामेवियाका खेलाडी लुवेनी हाओकंगो दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै ४० औँ मिनेटमा मैदान छाडेपनि दबाबमा परेको नामेवियाले गोल गर्न सकेन। एंगोला समूह डीबाट शीर्ष स्थानमा रहँदै प्रि- क्वाटरफाइनलमा प्रवेश गरेको थियो भने नामेविया समूह ईबाट उत्कृष्ट तेस्रो हुँदै पुगेको थियो।

Skip This
Skip This
Logo