ला-लिगाको शीर्ष स्थानमा रियल

ला-लिगाको शीर्ष स्थानमा रियल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। स्पेनिस फुटबल क्लब रियल मड्रिड ला-लिगाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा लास पालमसलाई २–१ गोल अन्तरले पराजित गर्दै रियल मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

रियलको २१ खेलबाट ५४ अंक भएको छ भने दोस्रो स्थानमा झरेको जिरोनाको समान खेलबाट ५२ अंक रहेको छ। लास पालमसले आफ्नै मैदानमा सुरुआती अग्रता लिएको थियो। तर अग्रता जोगाउन नसक्दा नतिजा रियललाई सुम्पन पुग्यो।

जेभियर मुनोज जिमेनेजले गोल गर्दै ५३ औँ मिनेटमा अग्रता दिलाएका थिए। ६५ औँ मिनेटमा रियलका भिनिसियस जुनिएरले गोल गर्दै रियललाई बराबरीमा ल्याए। ८४ औँ मिनेटमा ओरेलिन चुवामानीले गोल गर्दै रियललाई २–१ को जित पक्का गराए।रियलसँग पराजित भएको लास पालमस भने तालिकाको नवौं स्थानमा रहेको छ।

Skip This
Skip This
Logo