काठमाडौं,
नेपाली खेलाडी आयुश ढुंगेल र रिमा खत्रीले मलेसियामा भएको चौथो गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
अगष्ट २ देखि ४ तारिखसम्म भएको प्रतियोगितामा आयुशले पुरुष ३८ केजी मुनि तथा रिमाले महिला ३६ केजी मुनि स्वर्ण जितेका हुन् ।
आयुशले व्यक्तिगत पुम्सेमा पनि थप एक कांस्य जितेका छन् । व्यक्तिगत पुम्सेमै चन्दु शाहीले पनि कांस्य जित्न सफल भइन् । महिला ३६ केजी मुनि हेमकला जिरेलले भने रजत पदक जितिन् ।





























प्रतिक्रिया