आकाशले डेब्यू खेलमै लिए विकेट

आकाशले डेब्यू खेलमै लिए विकेट

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। आकाश चन्दले सिनियर टोलीबाट डेब्यू गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका छन्। उनले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेलमा विकेट लिएका हुन्।

आकाशको यो डेब्यू खेल हो। उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनीत धालिवाललाई आशिफ शेखद्वारा क्याच गराए। मैदानमा जमिसकेका नवनितले ४६ रन बनाए।

उनले पेभेलियन फर्किनुअघि ६० बलमा आठ चौका हिर्काए। १८.२ ओभरमा नवनीत आउट हुँदा क्यानडाले एक विकेट गुमाएर ९४ रन बनाएको छ।

Skip This
Skip This
Logo