इटालियन सिरी ए फुटबलमा उडिनेससँग युभेन्टस पराजित

इटालियन सिरी ए फुटबलमा उडिनेससँग युभेन्टस पराजित

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। इटालियन सिरी ए फुटबलमा दोस्रो स्थानका युभेन्टस पराजित भएको छ। सोमबार राति भएको खेलमा युभेन्टस १५ औं स्थानमा उडिनेससँग १–० गोल अन्तरले पराजित भएको हो।

उडिनेसभन्दा युभेन्टसले बल नियन्त्रण बढी गरे पनि गोल गर्न असफल भयो। ३० औं मिनेटमा उडिनेसका लागि लाउतारो गेनेटीले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो। एलेक्स सान्ड्रोले गरेको फ्रिकिकलाई क्लोज रेन्जमा रहेका लाउतारोले गोलमा परिणत गरेका थिए।

सोही गोलको अग्रता अन्तिमसम्म जोगाउँदै उडिनेसले महत्वपूर्ण तीन अंक लिन सफल भयो। पराजित भएको युभेन्टस २४ खेलबाट ५३ अंकका साथ दोस्रो स्थानमा रहेको छ। भने उडिनेस २४ खेलबाट २२ अंकका साथ तालिकाको १५ औं स्थानमा उक्लिएको छ। सिरी एमा इन्टर मिलान २३ खेलबाट ६० अंकका साथ शीर्ष स्थानमा छ।

Skip This
Skip This
Logo