एसीसी महिला प्रिमियर कपः टस जितेर ब्याटिङ गर्दै नेपाल

एसीसी महिला प्रिमियर कपः टस जितेर ब्याटिङ गर्दै नेपाल

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। एसीसी महिला प्रिमियर कप २०२४ अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा नेपालले मलेसिया विरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। बायुमास ओभलमा हुने खेलका लागि कप्तान इन्दु वर्माले पहिलो ब्याटिङ गर्ने निर्णय लिएकी हुन्।

नेपाली टोलीमा दुई खेलाडी परिवर्तन गरिएको। स्पिनर संगीता राई र उपकप्तान विन्दु रावल टोलीमा समावेश भएका छन्। अश्मिना कर्माचार्य र पूजा महतोलाई बाहिर राख्दै उनीहरुलाई अवसर दिइएको हो।

नेपालले आजको खेल जितेमा सेमिफाइनलमा यूएईको सामना गर्नेछ। आजै भएको अर्को खेलमा यूएईले थाइल्याण्डलाई ४ रनले पराजित गर्दै प्रिमियर कपको फाइनलमा स्थान पक्का गरेको हो।

नेपालको प्लेइङ ११:
कविता कुँवर, सीता रानामगर, इन्दु वर्मा, रुविना क्षेत्री, अप्सरी बेगम, डली भट्ट, कविता जोशी, काजल श्रेष्ठ, विन्दु रावल, रोमा थापा, संगीता राई।

Skip This
Skip This
Logo