साख गुमाउँदै राष्ट्रपति रनिङ सिल्ड

साख गुमाउँदै राष्ट्रपति रनिङ सिल्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

खेलाडी उत्पादनको कोसेढुंगा मानिने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले पछिल्लो समय साख गुमाउन थालेको छ । कुनै समय निकै प्रतिष्ठित यो प्रतियोगिताप्रति खेलाडीको आकर्षण पनि विस्तारै कम हुँदै गएको पाइन्छ । हालै सम्पन्न केन्द्रीय स्तरको राष्ट्रपति रनिङ सिल्डमा महत्त्वपूर्ण प्रदेशहरू नै सहभागी नहुनु र केन्द्रीय प्रतियोगिताकै व्यवस्थापन लथालिंग हुनुले पनि राष्ट्रपति रनिङ सिल्डप्रतिको आकर्षण विस्तारै घट्न थालेको आभास दिन्छ ।

राष्ट्रप्रमुखसँग जोडिएको प्रतियोगिताको विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाँची गर्ने र प्रतियोगिताका नाममा झारा टार्ने काम मात्र भएपछि यसको गरिमा घट्न थालेको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने बताउँछन् । ‘राष्ट्रपति रनिङ सिल्डको महत्व र यसको गरिमाको बारेमा खेलाँची गर्ने काम भयो’, अध्यक्ष न्यौपाने भन्छन्, ‘पछिल्लो समय प्रतियोगिताका नाममा झारा टार्ने र बजेट सक्ने काम मात्र भइरहेको छ।’

भलिबल प्रशिक्षक तथा न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपल कुमार राईले पनि कमजोर व्यवस्थापन र झारा टार्ने प्रवृत्तिले राष्ट्रपति रनिङ सिल्ड प्रभावकारी बन्न नसकेको बताए । ‘राष्ट्रपति रनिङ सिल्डले वीरेन्द्र सिल्डलाई उछिन्न सकेन । अब परम्परागत ढाँचाबाट खेलाडी उत्पादन हुँदैन’, प्रशिक्षक राई भन्छन्, ‘कक्षा १० सम्मको प्रतियोगिता भनिए पनि स्नातक पढ्नेहरू समेत प्रतियोगितामा सहभागी भइरहेका छन् । आयोजकको कमजोर व्यवस्थापनका कारण राष्ट्रपति रनिङ सिल्डको गरिमा विस्तारै घट्न थालेको छ ।’

हाल सम्पन्न केन्द्रीय स्तरको राष्ट्रपति रनिङ सिल्डमा महत्त्वपूर्ण प्रदेशहरू नै सहभागी नहुनु र केन्द्रीय प्रतियोगिताको व्यवस्थापन लथालिंग हुनुले पनि राष्ट्रपति रनिङ सिल्डप्रतिको आकर्षण विस्तार घट्न थालेको आभास दिन्छ ।
अन्नपूर्णबाट

Logo