गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा

गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौं संस्करण चैत १३ गतेदेखि हुने भएको छ।

वीर गणेशमान सिंह फउन्डेसनअन्तर्गत् वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुँदै आएको छ।

यो वर्ष पुरुषमा ७ र महिलामा ६ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सन्जीव तुलाधरले जानकारी दिए।

प्रतियोगितामा तीन विभागीय टोली (प्रहरी/आर्मी/एपीएफ) र सातै प्रदेशबाट करिब १ सय ५० खेलाडीको सहभागिता रहने छ। प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई २५ हजार, १५ हजार ७.५/७.५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।

उत्कृष्ट पुरुष/महिला खेलाडीलाई पनि पुरस्कृत गरिने छ। प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। त्यसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५० लाख सहयोग गर्ने छ। पाँचदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइने छ।

Logo