नेपाल वाफ च्याम्पियनसिपमा फाइनलमा, अब उपाधिका लागि जोर्डनसँग खेल्ने

नेपाल वाफ च्याम्पियनसिपमा फाइनलमा, अब उपाधिका लागि जोर्डनसँग खेल्ने

केन्द्रबिन्दु
69
Shares

काठमाडौं। पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ।

साउदी अरेबियामा जारी प्रतियोगिताअन्तर्गत् मंगलबार राति भएको खेलमा लेबनानविरुद्ध २-१ गोलको पुनरामगन जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो।

नेपालले आफ्नै पोस्टमा गोल गरेपछि लेबनानले अग्रता लिएको थियो। ३८ औं मिनेटमा नेपालकी पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याकपास गोलमा परिणत हुँदा नेपाल पछि परेको थियो। तर नेपालले खेलको ७६ औँ मिनेटमा बराबरी गोल गर्‍यो, खेलमा फर्कियो।

सावित्रा भण्डारीले गरेको प्रहार लेबनानका खेलाडीले क्लियर गर्न नसक्दा सावित्राले नै गोलमा परिणत गरिन् । सावित्राले जारी प्रतियोगितामा नवौं गोल गरिन् । उनी दक्षिण एसियाबाट सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा पनि उक्लिइन्।

उनले भारतकी बाला देवीलाई पछि पारेकी हुन् । यो सावित्राको करियरको ५३ औं गोल हो भने बालादेवीले ५२ गोल गरिन्।
दोस्रो हाफमा अतिरिक्त पाँच मिनेट थप गरिएको थियो।

चौथो मिनेटमा नेपालकी प्रिति राईले गोल गर्दै नेपाललाई जित दिलाइन् । विमला चौधरीले प्रहार गरेको कर्नर किक क्लियर भएपनि डिबक्स भन्दा बाहिरबाट प्रितिले गरेको प्रहार सिधै गोलमा परिणत हुँदा नेपाल अन्ततः २-१ गोलको पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भयो ।

नेपालले अब उपाधिका लागि जोडर्नसँग खेल्ने छ। जोर्डनले मंगलबार भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। जोर्डन वाफको डिफेन्डिङ च्याम्पियन हो भने नेपाल पहिलो पटक यो प्रतियोगितामा सहभागी भएको हो।

Skip This
Skip This
Logo