नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

केन्द्रबिन्दु
6
Shares

त्रिकोणात्मक टी२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा घरेलु टोली नेपाललाई जितका लागि नेदरल्यान्ड्सले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाउँदै १८४ रन जोडेको हो ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले अर्धशतकीय इनिङ खेले । ३६ बल खलेका उनले छ चौका र ३ छक्काको मदतमा ५४ रन प्रहार गरे । साथै साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा नटआउट ४९ रन तथा कप्तान स्कट एडवार्ड्सले १६ बलमा ५ चौकासहित ३३ रन जोडे ।

बलिङमा नेपालका कुशल मल्ल र करण केसीले एक-एक विकेट लिए ।

नेपाल पहिलो जितको खोजीमा छ । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । यता नेदरल्यान्ड्स भने नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने उद्देश्यका साथ मैदानमा छ ।

Logo