नामिबियाविरुद्ध नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्दै

नामिबियाविरुद्ध नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि-२० सिरिजको चौथो खेलमा नामिबियाविरुद्ध टस हारेको छ। नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिलो ब्याटिङ गर्ने भएकाे हाे।

नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ। आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन्। ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन्।

नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो। नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो।

नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ। आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ।

Skip This
Skip This
Logo