नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट गुमायो

नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट गुमायो

केन्द्रबिन्दु
126
Shares

नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि–२० सिरिजको चौथो खेलमा नामिबियाविरुद्ध दोस्रो विकेटका रुपमा कप्तान रोहित कुमार पौडेलको विकेट गुमाएको हो । नामिबियाविरुद्ध टस हारेर ब्याटिङमा उत्रिएको नेपाली टोली पहिलो विकेटका रुपमा आसिफ शेखलाई गुमाएको हो ।

नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ। आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन्। ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन्। नेपाल अहिले ६ ओभर खेल्दै ६१ रन बनाएर खेलिरहेको छ । क्रिजमा अहिले नेपालका लागि गुल्सन झा र अनिल साह ब्याटिङ गरिरहेका छन् ।

Logo