राखेपद्वारा सात सय खेलाडीलाई सम्मान

राखेपद्वारा सात सय खेलाडीलाई सम्मान

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,
राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता तथा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई सम्मान गरेको छ ।

राखेपद्वारा आयोजित कार्यक्रममा आठौंमा व्यक्तिगत र टोली स्पर्धामा स्वर्ण जित्ने ७०७ खेलाडी र कीर्तिमान कायम गर्ने १६ गरी कूल ७२३ खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । प्रदेश नं ५ मा सम्पन्न उक्त प्रतियोगितामा राखेपले व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई जनही १५ हजार तथा टोलीतर्फ स्वर्ण जित्ने खेलाडीलाई जनही सात हजार प्रदान ग¥यो ।

त्यसैगरी राष्ट्रिय कीर्तिमान भङ्ग गर्ने खेलाडीले जनही २५ हजार प्राप्त गरे । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले १४० स्वर्णसहित कूल २८९ पदक जितेर टोली च्याम्पियन बनेको थियो ।

यस्तै नेपाल पुलिस क्लबले ६२ स्वर्ण, सशस्त्र प्रहरीको एपिएफ क्लबले ५४ स्वर्ण, प्रदेश नं ३ ले २२ स्वर्ण, प्रदेश नं ५ ले ११ स्वर्ण, गण्डकी प्रदेशले १२ स्वर्ण, सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, प्रदेश नं १ ले नौ स्वर्ण, प्रदेश नं २ ले ६ स्वर्ण तथा कर्णाली प्रदेशले तीन स्वर्ण जितेको थियो । खेलाडीलाई राखेप सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष पिताम्बर तिमल्सिना लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
रासस

Logo