म्यानचेस्टर डर्बीमा पुनरागमन गर्दै सिटी विजयी

म्यानचेस्टर डर्बीमा पुनरागमन गर्दै सिटी विजयी

केन्द्रबिन्दु
238
Shares

काठमाडाैँ। फिल फोडेनको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले गोलले पछि परेको स्थिति उल्टाउँदै डर्बी खेलमा चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले हराएको छ।

खेलमा अग्रता युनाइटेडले लिएको थियो। मार्कस रासफोर्डले ब्रुनो फर्नान्डेजको पासमा खेलको आठौँ मिनेटमा टोलीलाई अघि बढाए। तर, दोस्रो हाफमा सिटी खेलमा फर्कियो।

५६ औँ मिनेटमा फिल फोडेनले बराबरी गोल फर्काए । ८० औँ मिनेटमा उनले जुलियन अल्भारेजको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । इन्जुरी समयमा रोड्रीले अर्लिङ हालान्डका लागि गोलको अवसर सिर्जना गर्दै टोलीको जीत सुनिश्चित गरे ।

जीतपछि सिटी शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा मात्र १ अङ्कले पछि रहेको छ । युनाइटेड भने ४४ अङ्कसहित लिगको छैटौँ स्थानमा सीमित छ । आइतबार राति भएका अन्य खेलमा बोर्नेमाउथले बर्नलीलाई २–० गोलले हराएकाे हाे ।

Logo