प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुल शिक्षाका साथै खेलकुद क्षेत्रमा पनि अब्बल छः किरण चेम्जोङ

प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुल शिक्षाका साथै खेलकुद क्षेत्रमा पनि अब्बल छः किरण चेम्जोङ

केन्द्रबिन्दु
84
Shares

-राजेश राई

नेपाली फुटबल टोलीका कप्तान किरण कुमार चेम्जोङ लिम्बु(किरण चेम्जोङ) प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको स्पोर्ट्स एम्बेस्डर बनेको पनि २ वर्ष पूरा भइसकेको छ । २०७८ सालमा प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलसँग सम्झौता गरेका किरणले विगत २ वर्षदेखि स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई फुटबलसँग सम्बन्धित विभिन्न कलाहरु सिकाउँदै आएका छन् । यसै सन्दर्भमा केन्द्रबिन्दु टोलीले २ वर्षदेखि स्पोर्ट्स एम्बेस्डरकाे भूमिका निर्वाह गरिरहेका किरणसँग स्कुलसँगको २ वर्षे सहकार्यका विषयमा भलाकुसारी गरेकाे छ । याे अवधिमा उनीबाट प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलका विद्यार्थीहरुले के-के सिक्न पाए, खेलकुदलगायत अतिरिक्त क्रियाकलापहरु विद्यार्थी जीवनमा कति महत्वपूर्ण छ ? लगायत विषयमा केन्द्रित रहेर हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश-

तपाई प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलको स्पोर्ट्स एम्बेस्डर हुनुहुन्छ, तपाईँले खेलकुदसँगै शिक्षालाई सँगै कसरी लिएर जानुहुन्छ ?

-शिक्षासँगै खेलकुदलाई पनि सँगै लिएर जानु भनेको एकदम महत्वपूर्ण कुरा हो । यसरी जान सके पढाइमा अझै मन लगाउन सकिन्छ । यदि तपाईं भविष्यमा केहि बन्न चाहनुहुन्छ भने दुवै कुरालाई एकसाथ मिलाएर हिँड्नुपर्छ । हरेक दिन नसके पनि कमसेकम हप्तामा एकपटक खेलकुदका क्रियाकलापमा सहभागिता जनाउनु राम्रो हो ।

खेलकुदसँग सम्बन्धित क्रियाकलाले तपाईंको स्वास्थ्यमा निकै राम्रो प्रभाव पार्छ जसले पढाईप्रति लगाव बढ्ने छ ।

प्रिमियर स्कुलमा स्पोर्ट्स एम्बेस्डरको भूमिका निर्वाह गर्न तपाईंलाई कुन कुराले उत्प्रेरित गर्यो ? शिक्षा र खेलकुदबीचको सम्बन्धलाई कसरी हेर्नुभएको छ ?

-प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलको स्पोर्ट्स ब्राण्ड एम्बेस्डरको नाताले म के भन्छु भने मलाई हेर्नुस्, म एक गरिव परिवारमा जन्मिएर पाएको सफलतालाई हेरी तपाईहरु पनि कडा मेहनत, लक्ष्यप्रति एकाग्रता र कामप्रति लगनशिल बन्न प्रेरित गर्छु । जीवनमा सफल बन्न चाहनुहुन्छ भने हरेक दिन कडा मेहनत गर्नुस्, आफ्नो लक्ष्यलाई चिन्नुस् अनि त्यसैअनुसार आफ्नो शतप्रतिशत योगदान दिनुस् । यति गर्नुभयो भने तपाईहरुले चाहेजस्तो जीवन प्राप्त गर्न सक्नुहुनेछ । म त्यो सबै त्यागको उदाहरण हुँ ।

विद्यार्थीहरुको खेलकुदप्रतिको लगावलाई अगाडि बढाउन कसरी प्रेरित गर्ने योजना बनाउनुभएको छ ?

-म प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कूलमा जोडिनुको कारणहरुमध्ये एक यो स्कुल खेलकुदको क्षेत्रमा निकै सक्रिय पाएर हो । यो स्कुलसँग जोडिएर खेलकुसँग सम्बन्धित आफ्नो अनुभवहरु आदानप्रदान गर्दा विद्यार्थीहरुले राम्रोसँगले सिक्न, बुझ्न र जान्न सक्छन् भनेर आफ्नो खेलकुदसँग सम्बन्धित अनुभवहरु आदानप्रदान गर्न म राजी भएँ । यो स्कुल शिक्षा र खेलकुदलाई सँगसँगै लिएर जाने सन्दर्भमा अरु धेरै स्कुल र कलेजभन्दा अघि रहेको पाएँ । तपाई नियमित रुपमा कुनै पनि खेलकुदसँग सम्बन्धित क्रियाकलाहरुमा सहभागिता जनाउनुहुन्छ भने त्यसले तपाईंको स्वास्थ्यमा निकै राम्रो प्रभाव पार्छ जसले पढाईप्रति लगाव बढ्ने छ । र मौसमी भाइरल रोगहरुबाट पनि तपाईहरु बच्न सक्नुहुनेछ । शिक्षा र खेलकुद दुवै कुरा जीवनमा अपरिहार्य भएकाले यी दुवै कुराहरुलाई सन्तुलनमा लिएर हिँड्न सकियो भने तपाईंले एक दिन पक्कै आफ्नो लक्ष्य प्राप्त गर्न सक्नुहुनेछ ।

व्यावसायिक फुटबल करियर र विद्यालयभित्र हुने खेल प्रवर्द्धन गर्ने कामलाई कसरी मिलाउनुहुन्छ ?

-हाल विद्यालयमा प्रत्येक हप्ता र महिना इन्टर स्कुल च्याम्पियन्सिप टुर्नामेन्ट भइरहेका छन् । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा पनि प्रिमियर स्कुलले सहभागिता जनाइरहेको छ । यो संस्कारको विकास देखेर म निकै खुसी छु । मैले पनि समय भ्याएसम्म आफ्नो व्यवसायिक र विद्यालयसँगको सहकार्यलाई आफ्नो शतप्रतिशत दिइरहेको छु ।

जीवनमा सफल बन्न चाहनुहुन्छ भने हरेक दिन कडा मेहनत गर्नुस्, आफ्नो लक्ष्यलाई चिन्नुस् अनि त्यसैअनुसार आफ्नो शतप्रतिशत योगदान दिनुस् ।

अहिले भारतीय फुटबलको घरेलु लिग ‘आइएसएल’मा आबद्ध हुनुहुन्छ, क्लब र विद्यालयको तालमेल कसरी मिलाउनुहुन्छ ?
-समय मिलाउन निकै च्यालेन्ज छ तर, खेलकुदसँग जोडिएको मलाई समय मिलाउन पनि आउँछ, म आफैं उपस्थित नभएको समयमा अनलाइन आएर सहयोग गरिरहेको हुन्छु । शिक्षकहरुसँग के–के गर्न सकिन्छ भनेर सल्लाह गरिरहेको हुन्छु । नेपाल आउन साथ विद्यालयमा उपस्थित भइरहेको हुन्छु । विद्यार्थीहरुलाई मोटिभेट र खेलकुदसँग सम्बन्धित आफ्नो अनुभव साटासाट गर्छु ।

तपाईको नजरमा प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलले खेलकुदको समग्र विकासमा कतिको योगदान पु-याइरहेको छ जस्तो लाग्छ ?

-प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा नै खेलकुदलाई अघि बढाइरहेको छ । विद्यार्थीहरुले शिक्षासँगै खेलकुदलाई आफ्नो दैनिक जिवनमा महत्वका साथ अघि बढाइरहेका छन् । खेलकुल प्रतियोगिताहरुमा सहभागी हुन स्वदेश तथा विदेशमा जाँदा विद्यार्थीहरु विभिन्न प्रकारका कला र संस्कृतिमा भिज्न सफल भएका छन् । विद्यार्थीको सम्पूर्ण विकासमा खेलकुदले निकै महत्वपूर्ण भूमिका निभाएको पाएको छु ।

त्याग बिना सफल हुन सकिँदैन ।

विद्यार्थीहरुले पढाई र खेलकुद दुवैलाई कसरी सन्तुलनमा राखेर लिएर अघि बढ्लान् ?

-खेलकुद र पढाई दुवैलाई एकसाथ लिएर हिँड्न निकै गाह्रो छ, तर खेलकुद पनि विद्यार्थीहरुका लागि अत्यावश्यक भएकाले दुवैैलाई मिलाएर हिँड्नु नै उपयुक्त हुन्छ । मैले अघि पनि भनिसकेको छु, खेलकुदका गतिविधीहरुमा लाग्दा पढाईमा सुधार आउँछ । पढाइमा ध्यान केन्द्रित गर्न सकिन्छ र स्वास्थ्य पनि सधैं स्वस्थ नै रहन्छ । जसकारण हत्तपत्त कुनै रोग लाग्न सक्दैन । म आफैं पनि पढाई र शिक्षा दुबैलाई एक साथ लिएर हिँड्न सफल भएकाले यो विषय त्यति गाह्रो छैन ।

प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलका विद्यार्थीहरुले तपाईबाट के–के सिक्न सक्छन् ?

-म निकै गरिब परिवारमा जन्मिएको छोरा हुँ । यहाँसम्म पुग्नका लागि मैले धेरै कुराहरुलाई त्याग गरेको छु । म मान्छु, त्याग बिना सफल हुनै सकिँदैन । म फेरि पनि भन्छु, कडा मेहनत, एकाग्रता, त्याग र सम्मान यी चार वटा कुराहरु तपाईंहरुलाई आफ्नो लक्ष्य प्राप्तिका लागि नभई नहुने कुराहरु हुन् । यी चार कुराहरुलाई लिएर अघि बढ्नुभयो भने पक्कै पनि आफ्नो लक्ष्य प्राप्त गर्न सक्नुहुनेछ ।

अनावश्यक कुराहरुलाई त्याग गर्दै अघि बढ्नुस्, अनुशासित रहनुस्, लक्ष्यमा केन्द्रित भएर अघि बढ्नुस् पक्कै सफलता प्राप्त गर्नुहुनेछ ।

प्रिमियर इन्टरनेसनल आईबी कन्टिनममा विगत २ वर्षदेखि ब्राण्ड एम्बेस्डरका रुपमा हुनुहुन्छ, कस्तो अनुभव गरिरहनुभएको छ ?

-म निकै खुसी छु, फुटबलसँग सम्बन्धित आफ्नो अनुभव साटासाट गर्दा विद्यार्थीहरुलाई धेरै मद्दत पुगेको महसुस गरेको छु । मेरो अनुभवले विद्यार्थीहरुको करिअर बनाउनमा धेरै मद्दत पुगेको विश्वास लिएको छु ।

अहिले तपाई राष्ट्रिय टोलीको कप्तान हुनुहुन्छ, खेलकुद क्षेत्रमा आउने नयाँ पिढीहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
-म फुटबलमै आफ्नो भविष्य खोज्नुस् भन्दिन, आफ्नो रुची जुन कुरामा छ त्यहि कुरामा कडा मेहनतका साथ अघि बढ्नुस्, अनावश्यक कुराहरुलाई त्याग गर्दै अघि बढ्नुस्, अनुशासित रहनुस्, लक्ष्यमा केन्द्रित भएर अघि बढ्नुस् पक्कै सफलता प्राप्त गर्नुहुनेछ ।

Logo