प्रतिस जिसीले लिए पीएनजीको पहिलो विकेट

प्रतिस जिसीले लिए पीएनजीको पहिलो विकेट

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ। हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा मंगलबार नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको पपुवा न्यु गिनी (पीएनजी) ले आफ्नो पहिलो विकेट गुमाएको छ ।

पीएनजीको पहिलो विकेट नेपाली बलर प्रतिसि जिसीले लिएका हुन् । उनले पीएनजीका ओपनर ब्याट्सम्यान टोनी उरालाई १३ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरे। पेभेलियन फर्किनुअघि टोनीले ६ बलमा एक छक्का र एक चौका हिर्काएका थिए। तेस्रो ओभरको अन्तिम बलमा टोनी आउट हुँदा पीएनजीले ३२ रन बनाएको छ ।

Logo