टोटनह्यामसँग म्यानचेस्टर युनाइटेड ३–० गोल अन्तरले पराजित

टोटनह्यामसँग म्यानचेस्टर युनाइटेड ३–० गोल अन्तरले पराजित

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई टोटनह्यामले ३–० गोल अन्तरले पराजित गरेको छ ।

भ्रमणकारी टोलीले शानदार प्रदर्शन गर्दै ओल्ड ट्रायफोर्डमा भएको खेलमा १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमा ब्रेना जोन्सनको गोलबाट टोटनह्यामको दबदबा सुरु भएको थियो । मिक्की भान डी भेनले बनाएको मुभमा जोन्सनले गोल गरेका थिए ।

खेलको ४२ औँ मिनेटमा ब्रनो फर्नान्डेजले रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेडलाई थप धक्का लागेको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा नै डेजान भुलिभ्सेस्कीको गोलमा टोटनह्यामले अग्रतालाई दोब्बर पारेको थियो । खेलपछि टोटनह्याम८ औँ स्थानमा छ भने म्यानचेस्टर युनाइटेड १२ औँ स्थानमा छ ।

Logo