नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता भएको छ। हङकङमा भएको त्रिकोणात्मक टी-२० क्रिकेट खेलेर नेपाली टोली शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।

हङकङ, पपुवा न्युगिनी (पीएनजी) र नेपाल सम्मिलित त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो। समूह चरणमा जित निकाले पनि फाइनलमा पीएनजीसँग स्तब्ध हुँदै उपाधि जित्न असफल भएको थियो।

काठमाडौं आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दासलगायतले स्वागत गरेका थिए।

आइसीसी टी-२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोलीले अब काठमाडौंमा आयरल्याण्डसँग पनि टी-२० खेल्नेछ। आयरल्याण्डको ए टिमसँग सिनियर टिमले २ वटा खेल खेल्दा अरु नेपालकै ‘ए’ टिमले ६ वटा म्याच खेल्ने जनाइएको छ।

Skip This
Skip This
Logo